back
stc
prabhu insurance

नबिल म्युचुअल फण्डद्धारा सञ्चालित दुबै फण्डले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका हुन्।

जस अन्तरगत नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यी दुई फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।