back
hangrilabank
himalayanlife
stc

नेपाल पुनबीमा कम्पनीले १९ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लि. ले १६.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश दिने भएको छ । पुनर्बीमा कम्पनीले बोनस र नगद गरि १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बीमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि कम्पनीले यसअघि प्रस्तावित नगद लाभांशमा परिवर्तन गरेको छ ।

गत भदौं २२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले बीमा समितिको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो । यसअघि १६.५० प्रतिशत बोनस सेयर र कर तिर्ने रकमसहित ३.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

समितिको निर्देशनपछि नगद लाभांश २.५० प्रतिशतमा झारेको छ । कम्पनीले आर्थिक बर्ष २०७६/७७ सालको नाफाबाट लाभांश दिने निर्णय गरेको छ।