back
prabhu insurance
himalayanlife

तरलता संकट टार्न रु. ३० अर्बको रिपो जारी गरिने

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको चरम तरलता अभाव टार्न नेपाल राष्ट्र बैंकले १४ दिनका लागि रु. ३० अर्बको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले रिपो मार्फत रु. ३० अर्ब बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउन लागेको छ।

यसअघि गत भदौ १७ गते पनि राष्ट्र बैंकले ७ दिनका लागि रु. २० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराएको थियो।

राष्ट्र बैंकले भोलि भदौ २४ गते रिपोको बोलकबोल गर्ने भएको छ। रिपोमा सहभागी हुन चाहने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नु पर्नेछ। राष्ट्र बैंक जारी गर्ने यो रिपो असोज ७ गते परिपक्क हुनेछ।
.

तरलता अभावकै कारण आउँदो असोज १ गतेबाट बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाउन लागेका छन्। निक्षेपमा व्याजदर बढेसँगै ऋणको ब्याज पनि बढ्ने सम्भावना छ।