प्रभु बैक लि. को संस्थापक सेयर लिलामी भर्ने भदौ २८ गते सोमबार अन्तिम दिन

काठमाडौं । प्रभु बैंक लि. को सेयर लिलामी भर्ने भदौ २८ गते सोमबार अन्तिम दिन हो । प्रभुले २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री गत भदौ १५ गतेबाट खुला गरिरहेको छ ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रति कित्ता भाउ २१० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । आवेदकले मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
वि.सं.२०७८ भदौ २७ ०८:१५