back
stc
prabhu insurance

आज अन्तिम दिन नबिल ब्यालेन्स्ड फन्ड ३ मा आवेदन दिने 

काठमाडौं । आज भदौ २९ गते मंगलबार नबिल ब्यालेन्स्ड फन्ड ३ मा आवेदन दिने अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । यसले भदौ २५ गतेदेखि इकाई बिक्री खुला गरेको हो । यस फन्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्कासन भएको इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत अर्थात् न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ ।

त्यस्तै, १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्नेछन् ।

यस फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । १० वर्ष अवधिको यस फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।