back
hangrilabank
himalayanlife
stc

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी खुला

काठमाडौं । महालक्ष्मी विकास बैंकले असोज १ गतेदेखि आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

बैंकले कम्पनीको ७० हजार ६६९ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम ५०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिने छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरी पेश गर्नुपर्नेछ ।