निफ्राको लाभांश घोषणा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको वितरणयोग्य नाफाबाट कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने र साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निफ्राले जनाएको छ ।
वि.सं.२०७८ असोज ५ १४:०९




















