माछापुच्छ्रेको १४ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव संञ्चालक समितिबाट प्रस्ताव गरेको छ । बैंकको गत वुधबार बसेको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ रुपैयाँ (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित रहेको छ ।
वि.सं.२०७८ असोज ७ १०:०२