सेयरधनीलाई कुमारी बैंकले ५ वर्षअघिको नगद लाभांश लिन बोलायो, नआए यस्तो हुने

काठमाडौं । कुमारी बैंकले सेयरधनीसँग ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन आग्रह गरेको छ । बैंकले साविकको वेस्टर्न डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था र पश्चिमाञ्चल फाइनान्सका कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि सूचना जारी गरेरै लिन बोलाएको हो ।
यसको लागि बैंकले सेयर रजिष्ट्रारको कार्यालय कुमारी क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको हो ।
यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।
वि.सं.२०७८ असोज ७ १२:४१