back
stc
prabhu insurance

आज नबिल इक्विटी र ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन हो । दुवै फन्डले लाभांश प्रयोजनको लागि सोमबार असोज ११ गते बुक क्लोज गर्दैछन् ।

तसर्थ, आजसम्म कायम इकाइधनीले यी दुई फन्डले घोषणा गरेको लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट नबिल इक्विटी फन्डले (कर सहित) ४० प्रतिशतका दरले नगद लाभांश (प्रतिफल) वितरण गर्न लागेको छ ।

यसले नगद लाभांश वितरणमा ५० करोड रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–२ ले ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न लागेको छ । यसले नगद लाभांश वितरणमा ३९ करोड २० लाख रुपैयाँ खर्च गर्नेछ ।