back
hangrilabank
himalayanlife
stc

नबिल इक्विटी र ब्यालेन्स्ड फन्ड–२ को लाभांशमा मूल्य समायोजन

काठमाडौं । नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ को नगद लाभांशमा मूल्य समायोजन भएको छ । समायोजनपछि नबिल इक्विटी फन्डको प्रतिइकाई मूल्य ११ रुपैयाँ ४० पैसा कायम भएको छ ।

यस्तै, नबिल ब्यालेन्स्ड फन्डको समायोजित भाउ ११ रुपैयाँ ४ पैसा कायम भएको छ । सोमबार दुवै फन्डको इकाई कारोबार समायोजित भाउलाई आधार मानेर खुल्नेछ ।

नबिल इक्विटी फन्डको करसहित ४० प्रतिशत नगद लाभांश र ब्यालेन्स्ड फन्डको कर सहित ३५ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन गरिएको हो ।

लाभांश वितरण प्रयोजनका लागि दुवै फन्डको सोमबार बुक क्लोज भएको हो । तसर्थ, असोज १० गते आइतबार  सम्म कायम रहेका इकाईधनीले मात्र लाभांश पाउने छन् ।