back
stc
prabhu insurance

कामु गभर्नरमा निलम

काठमाडौं। नेपाल राष्ट्र बैंकमा पहिलो पटक महिला कायम मुकायम गभर्नर बनाइएकी छन्। अर्थ मन्त्रालयले डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई ६ असोजदेखि काम गर्नेगरी कायममुकायमको जिम्मेवारी दिएको छ।

मन्त्रीस्तरीय निर्णयबाट उक्त जिम्मेवारीमा तिम्सिनाले काम गरिरहेकी छन्। गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएपछि तिम्सिनालाई अर्थ मन्त्रालयले पत्र लेखि उक्त जिम्मेवारी दिएको छ।

राष्ट्र बैंकमा गभर्नर मुलुकभित्र हुँदा कायममुकायम दिने प्रचलन थिएन। गभर्नर महाप्रसाद अधिकारी भैसेपाटी नख्खुस्थित निवासमा कोरोनाको उपचार गराइरहेका छन्।