back
prabhu insurance
himalayanlife

सहसचिव चुडामणिलाई ५० लाख धरौटी माग

काठमाडौं । आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मालाई थप ५० लाख धरौटी माग गरेको छ। कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमितता पूर्वक छुट दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनी विरूद्ध चार वर्षअघि भ्रष्टाचार मुद्दा लगाएको थियो ।

असोज ११ गते सोमबार शर्मालाई विशेष अदालतले थप ५० लाख धरौटी माग गरेको छ । गत मंसिरमा शर्मालाई एक करोड रुपैया धरौटीमा रिहा गर्ने आदेश बमोजिम धरौटी राखी रिहा भएका थिए ।

उनले आयोगमा हुँदा १ अर्ब ३३ लाख बराबरको आयकर छुट दिएर अनियमितता गरेको अख्तियारको आरोप थियो । सदस्य न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटी माग गरेको विशेष अदालतले जनाएको छ।

चार वर्षअघि शर्मा, कर फर्छ्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकाल विरूद्ध अख्तियारले १ अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा लगाएको थियो।

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेषको मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको थियो।

शर्मालाई अख्तियारले मुद्दा चलाउन मिल्ने या नमिल्ने तय गर्न संयुक्त इजलासले यो मुद्दा पूर्ण इजलासमा पठाएको थियो।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानूनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिईन्।