back
stc
prabhu insurance

सनराइज बैंकले ल्यायो ‘सनराइज पे–रोल लोन’ सुविधा

काठमाडौं । सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी ‘सनराइज पे–रोल लोन’ योजना ल्याएको छ ।

यस योजना अन्र्तगत सनराइज बैंकमा ‘सनराइज पे(रोल सेभिङ अकाउन्ट’ भएका कुनै पनि ग्राहकहरुले बिना धितो रु १५ लाखसम्मको कर्जा लिन सक्ने बैंकको जनाएको छ ।

यस योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा रु ५ लाखसम्मको (ओभरड्राफ्ट) र रु १० लाखसम्मको टर्म लोन गरी अधिकतम रु १५ लाखसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्नेछ । उक्त कर्जा ५ वर्षसम्मको लागि प्रदान गरिने छ ।

साथै सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशतसम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।