बेलायतमा कोदोको नेपाली ब्राण्डको मदिरा उत्पादन

लण्डन । बेलायतमा नेपाली मुलका उधमीले कोदोबाट उत्पादित रक्सी बजारमा बिक्री बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।
बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका छन् । उक्त रक्सीको यही अक्टोबर १० देखि अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको कम्पनीका निर्देशक जनक राईले बताएका छन्।
उत्पादक कम्पनीका अनुसार ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको ब्रान्डका रक्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको बताइएको छ ।
लोकप्रिय कोदोको रक्सीलाई कम्पनीले ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन शुरू गरेको छ ।
तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ। यसमा ६० प्रतिशत अल्कोहल रहेको छ। यस्तै ‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ ।
कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५.९९ पेन्स र ‘तीनपाने कोदोको रक्सी’को १२.९९ पेन्स मूल्य तोकिएको प्रबन्ध निर्देशक राइले जानकारी दिएका छन् । उक्त कम्पनीमा राई प्रबन्ध निर्देशक सहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता रहेका छन् ।
विशेषगरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पा लगायत आदिवासी जनजाती र बाहुन,क्षेत्री समुदायहरू माझ कोदोको रक्सी निकै लोकप्रिय रहेको छ । उक्त रक्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको राईले बताए ।
कम्पनीले यो रक्सी भिन्न स्वादको रहेको र यसले पिउने मान्छेलाई सहज र न्यानो महशुस गराउँने बताएको छ । यो रक्सीले नेपाल र नेपालीहरुको पनि झल्को दिनेछ, वेलायतमा नेपालीत्व प्रर्वद्धन समेत सघाउ पुग्ने विश्वास गरिएको राईले बताए ।
१० गते अल्डरशटमा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा रक्सीको औपचारिक रुपमा उदघाटन गर्न लागिएको छ । हाल मिडल्याण्डमा रहेको कारखानाबाट नेपाली मूलको कोदोको रक्सी उत्पादन भइरहेको छ ।
यसको मार्केट अनुसार अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्नेबारे सोँच बनाएको कम्पनी स्रोतको भनाई छ । कम्पनीमा आवद्ध युवाहरु बेलायतमा यसअघि नै ग्लोबल बुलियन भल्ट नामक लकर सुविधा तथा अन्य व्यावसायहरुमा पनि उनीहरुको आवद्धता रहेको छ ।
वि.सं.२०७८ असोज १४ २०:१३