सानिमा क्यापिटलको एजीएम आज

काठमाडौं । सानिमा क्यापिटलको छैंठौं वार्षिक साधारण सभा आज असोज १५ गते बस्दैछ । सभा सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौमा दिउसो १ बजेबाट सुरु हुनेछ ।
सभामा सानिमाले २५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । यसर्थ, कम्पनीले ६ करोड २५ लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
वि.सं.२०७८ असोज १५ ०९:५१