प्रभु बैंकको ४ लाख ९७ हजार कित्ता संस्थापक सेयर लिलामी खुला

काठमाडौं । आज असोज १७ गतेदेखि प्रभु बैंकले ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर (संस्थापक सेयरधनीहरुको नाममा रहेको) लिलामी बिक्री खुला गरेको छ ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २०५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । आवेदकले प्रभु क्यापिटल कमलादी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा असोज २५ गतेसम्म आवेदन दिन सकिन्छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
वि.सं.२०७८ असोज १७ ०८:१४