back
stc
prabhu insurance

अपर तामाकोशी हाइड्रोपावरको बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा मंगलबार हुने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा मंगलबार असोज १९ गते बस्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को वार्षिक साधारण सभा गर्न लागेको हो ।

सभामा दुवै आर्थिक वर्षमा दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा रहेको छ ।

साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सेयरधनीलाई लाभांश प्रस्ताव छैन ।

यता, सम्बन्धित आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

सभा नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट जुम एप्लिकेसन मार्फत सभा आयोजना गरिने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि असोज ४ गते बुक क्लोज गरिएको छ । असोज ३ गतेसम्म कायम रहेका सेयरधनी सभामा सहभागी हुन सक्नेछन् ।