back
stc
prabhu insurance

लुम्बिनी विकास बैंकको ४६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक सेयरधनीले ४६ हजार १०९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।

यसको मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।