स्ट्याण्डर्ड चार्टर्ड बैंकको १३.०६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३.०६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्ने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । बैंकले गत वर्षको भन्दा लाभांश दर बढाएको छ ।
गत वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत बोनश शेयर ४.८४ प्रतिशत नगद लाभांश दिएको थियो ।
वि.सं.२०७८ असोज १९ १७:११