आज दसैँको घटस्थापनाको दिन सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने
काठमाडौं । आज दसैँको घटस्थापनाको दिन सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ। नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै आज विकास ऋणपत्र २०८४ ‘घ’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणाली बिहान १० बजेदेखि १२ बजेसम्म सुचारु रहने जनाएको छ ।

वि.सं.२०७८ असोज २१ ०६:३३



















