व्याजदर बृद्विमा राष्ट्र बैंकको हस्तक्षेप
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर बृद्धिमा हस्तक्षेप गर्दै ब्याजदर घटाउने नीतिगत व्यवस्था गरेको छ । बैंकहरुले ११.१० प्रतिशतसम्म ब्याजदर पुर्याएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर बृद्धिमा हस्तक्षेप गरेको छ ।
बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशत भन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् । यस्तै व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने निर्देशन दिएको छ ।

वि.सं.२०७८ कात्तिक २ २१:२९



















