सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा कात्तिक १६ गते

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा कात्तिक १६ गते
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको १७ औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
बैंकले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने छ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ । सभा प्रयोजनको लागि बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश र सभामा सहभागी हुन कात्तिक ४ गते बिहीबारसम्म यस बैंकको सेयर खरिद गर्नुपर्ने हुन्छ ।
वि.सं.२०७८ कात्तिक ३ १०:४०