back
stc
prabhu insurance

म्यानचेस्टर सिटीले बेल्जियन क्लब ब्रुगलाई ५–१ गोल अन्तरले पराजित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बेल्जियन क्लब ब्रुगलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनको लागि रियाद महारेजले दुई गोल गरे भने जोओ क्यान्सेलो, केल वाल्कर र कोल पाल्मेरले समान एक(एक गोल गरे । घरेलु टोलीका हान्स भानाकेनले एक गोल फर्काए ।

खेलको ३०औं मिनेटमा जोओ क्यान्सेलोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई २(० को अग्रता दिलाए ।

५३औं मिनेटमा केल वाल्करले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । ६७औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई ४–० ले अघि बढाए । उनले रहिम स्टर्लिङको पासमा गोल गरेका थिए ।

८१ औँ मिनेटमा हान्स भानाकेनले एक गोल र्फकाए । ४औं मिनेटमा रियाद महारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ५–१ को सानदार जित दिलाए । यो जितसँगै समूह ‘ए’ मा सिटी ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा छ । पीएसजी ७ अंक जोडेर शीर्षस्थानमा छ ।