आज कात्तिक ४ गते सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लभांश सुरक्षित गर्ने आज बिहीबार कात्तिक ४ गते अन्तिम दिन हो । यसले साधारण सभा प्रयोजनका लागि शुक्रबार कात्तिक ५ गतेदेखि कात्तिक १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, लाभांश र सभामा सहभागी हुन आजैसम्म सेयर खरिद गर्नुपर्ने हुन्छ । बैंकले गत वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । सांग्रिलाले १०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
बैंकले कात्तिक १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको १७औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।
वि.सं.२०७८ कात्तिक ४ ०८:१८