back
stc
prabhu insurance

सानिमा बैंकको बोनस सेयर हात पार्ने आज अन्तिम 

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार कात्तिक ४ गते अन्तिम दिन हो । सानिमाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ७ गते आइतबार बुक क्लोज गर्दैछ ।

यसआधारमा कात्तिक ५ गते शुक्रबार र ६ गते शनिबार दुवै दिन बजार नखुल्ने भएकाले आजै बिहीबार लाभांश सुरक्षित गरिसक्नुपर्ने हुन्छ । सानिमाले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकले कात्तिक १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ । मर्ज तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।