बैंकहरुले घटाए ब्याजदर, अब कुनको कति ?
काठमाडौं । केन्द्रीय बैंकको निर्देशनसँगै बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । ब्याजदरमा अनावश्यक चलखेल हुन थालेपछि केन्द्रीय बैंकले मंगलबार एक निर्देशन जारी गर्दै ब्याजदरमा अंकुश लगाएको थियो ।
केन्द्रीय बैंकको निर्देशन अनुसार अघिल्लो महिना कायम ब्याजदरमा १० प्रतिशत भन्दा बढीले परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ । जस अनुसार कात्तिक १ गतेदेखि लागू हुने गरेर अत्याधिक ब्याजद बढाएका बैंकहरुलाई केन्द्रीय बैंकले घटाउन निर्देशन दिएको थियो ।
सोही अनुसार बैंकहरुले धमाधम संशोधित ब्याजदर सार्वजनिक गरेका छन् । संशोधित ब्याजदर अनुसार धेरै बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने केहीको बढेको छ । धेरै बैंकले अब व्यक्तिगत मुद्दतीमा ९.३६ प्रतिशत कायम गरेका छन् । यो दर नै वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने उच्चतम दर हो ।
कुन बैंकको ब्याजदर कति ?
वि.सं.२०७८ कात्तिक ४ २०:२४




















