back
stc
prabhu insurance

कुमारी बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । कुमारी बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २ सय ६४ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ ।

नेप्सेले बैंकको ६५ बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि यसले आज सोमबार कात्तिक ८ गते बुक क्लोज गरेको छ । बैंकले सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यसको साधारण सभा कात्तिक १६ गते बस्दैछ । सभा बैंकको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।