भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि बालबालिकालाई खुवाइँदै

काठमाडौं । हिजो भिटामिन’ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ।
पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन’ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । देशभरका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजारभन्दा धेरैलाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।
वि.सं.२०७८ कात्तिक ८ ०७:४८