एभरेष्ट बैंकको१०.३२ प्रतिशत लाभांश घोषणा
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि आज १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुका लागि हाल कायम चुक्ता पुँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ रुपैयाँको कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।
वि.सं.२०७८ कात्तिक १२ १३:१८




















