back
prabhu insurance
himalayanlife

सुन–चाँदी सस्तो भयो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको मूल्य केही ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले सस्तो भएको छ।

योसँगै प्रतितोला छापावाल सुन ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला छापावाल सुन ९२ हजार ४०० रुपैयाँ र तेजाबी सन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो मुल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।