back
stc
prabhu insurance

नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित हुने !

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्षमा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित हुने भएका छन्।

एनबीएको आगामी कात्तिक २३ गते हुने निर्वाचनका लागि बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएको थियो ।

तर तोकिएको समयसम्म अध्यक्षमा उपाध्यायको मात्रै आवेदन परेकोले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। अब एनबीएका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिएसँगै आगामी कार्यकालका लागि उपाध्याय निर्विरोध निर्वाचिन हुने भएका छन्।

उपाध्याय अहिले एनबीएमा उपाध्यक्ष रहेका छन्। उनी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पनि हुन्।
उपाध्याय एनबीएको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा कात्तिक २३ गते नै हुने बताइएको छ।