back
prabhu insurance
himalayanlife

राजस्व बुझ्ने काउन्टर सार्वजनिक बिदामा पनि खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिनमा पनि राजस्व संकलन काउन्टर खुला गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व संकलन गर्ने आन्तिरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझने काउन्टरहरु, राजस्व कारोबार गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु एवम नेपाल राष्ट्र बैंक पूर्णकालिन रुपमा खुला गरी बुझने व्यवस्था गर्न गराउन आग्रह गरेको हो ।