back
stc
prabhu insurance

कामना सेवा विकास बैंकका अध्यक्ष आचार्यले लिए सपथ

काठमाडौं । कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः नियुक्त भएका सन्दीप आचार्यले नेपाल राष्ट्र बैंकका पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। आचार्यलाई आज राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्। आचार्यलाई गत कात्तिक २२ गते बैंक सञ्चालक समितिले अध्यक्षमा पुनः नियुक्त गरेका थियो।

सपथ ग्रहण कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रवीण बस्नेत र निमित्त नायब सीईओ हरिप्रसाद लम्साल तथा राष्ट्र बैंकका अधिकारीहरुको उपस्थिति रहेका थिए।