ज्योति लाइफको खुद बीमा शुल्क ५०.४२ प्रतिशतले बृद्वि
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको सो कम्पनीले जनाएको छ।
आज मंसीर १ गते सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरण अनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा ५०.४२ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जनाएको छ।
प्रथम त्रैमासमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ९ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा ३ करोड ८३ लाख रुपैयाँमा सीमित रहेको थियो। समीक्षा अवधिमा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले ४२ लाख ८६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा २७.७७ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनीले ९ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड २२ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षमा गत वर्षको यही अवधिको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ५ करोड २३ लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा बढेर ९ लाख ५१ हजार रुपैयाँ पुगेको जनाइएको छ।
प्रथम त्रैमासमा कम्पनीको जीवन बीमा कोषको आकार १०१.२५ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँको भएको छ । गत वर्ष बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँमा मात्र थियो। गत वर्ष ४६ करोड ५ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार ४३।५३ प्रतिशतले बढेर ६६ करोड १० लाख रूपैयाँको उचाइमा पुगेको जनाएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल कायम बीमा लेखको संख्या ३४ हजार ९ सय २१ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८ हजार ९६ बीमालेख जारी गरेको थियो। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १६.०४ रुपैयाँ, पीई रेसियो ३३.५० गुणा र प्रतिसेयर नेटवर्थ १३३.६१ रुपैयाँ रहेको सो कम्पनीले जनाएको छ।
वि.सं.२०७८ मंसिर १ १२:३९




















