नबिल बैंकको Nabil Xtra Fixed Deposit खोलि ढुक्क हुने मौका
काठमाडौं । ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्ना ग्राहकहरुको थप आवश्यकता पूरा गर्न “Nabil Xtra Fixed Deposit” संचालनमा ल्याएको सहर्ष जानकारी बैंकले गराएको छ ।
यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकहरुलार्ई लक्षित गरी संचालनमा ल्याईएको हो ।
“Nabil Xtra Fixed Deposit” ग्राहक महानुभावको माझ सहज तथा सरल बैंकिङको अनुभुति गराउने उद्देश्यले व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा सम्पन्न मुद्दति खाता हो ।
यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ । यसका साथै ग्राहकहरुलाई कुनै पनि न्यूनतम रकमको सिमा तोकिएको छैन र यस योजना अन्तर्गत तिन महिना वा बढी अवधिका लागि ग्राहकहरुले खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्नेछन ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।
बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।
वि.सं.२०७८ मंसिर २ १७:००




















