स्ट्यान्डर्ड चार्टर्ड बैंकको १३.०६ प्रतिशत लाभांश दिने
काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकको १३.०६ प्रतिशत लाभांश दिने भएको छ। यो लाभांस आज सुरक्षित गर्ने अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने उद्देश्यले १० मंसिरमा बुक क्लोज गर्दैछ ।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको प्रस्ताव पारित गर्न बैंकले २८ मंसिरमा ३५औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
सभा बैंकको आफ्नै प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १० बजे सुरु हुने जनाएको छ । सभामा बैंकको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुने बताइएको छ।
वि.सं.२०७८ मंसिर ९ ११:१४




















