back
stc
prabhu insurance

एनआईसी एशिया बैंकलाई ISO 27001: 2013 प्रमाणपत्र

काठमाडौं। सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रियस्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं International Organization for Standardization (ISO) बाट मान्यता प्राप्त 27001: 2013ISO 27001: 2013 (Information Security Management System)मापदण्डको प्रमाणपत्र प्राप्त गरेको जनाएको छ।

ISO 27001 मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाएबापत बैंकलाई Quality Austria सँग आबद्ध Certification & Information Security Services GmbH ले यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको जनाइएको छ। यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको जनाएको छ।

यस अवसरमा बैंकका तर्फबाट Certification & Information Security Services GmbH प्रति हार्दिक कृतज्ञता जाहेर गरिएको जनाएको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।

२७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खातामार्फत ग्राहकमाझ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंक मार्फत सेवा दिन बैंक सफल भएको छ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको बताइएको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जनाएको छ।

देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको बैंकले जनाएको छ।