back
prabhu insurance
himalayanlife

नागरिक लगानी कोषमा लक्ष्मी बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १० औँ एक्सटेन्सन काउन्टर काठमाडौंको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ।
यस नयाँ एक्सटेन्सन काउन्टरको स्थापनासँगै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको सो बैंकले जनाएको छ।

यसका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ।

यो एक्सटेन्सन काउन्टरको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइका माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।