back
stc
prabhu insurance

जेठ १९ गतेदेखि एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड बिक्री खुला हुने

काठमाडौं । एनआइसी एसिया क्यापिटलले ‘एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड’ जेठ १९ गतेदेखि जारी गर्ने भएको छ । फन्डले १० करोड इकाई निष्कासन गर्न लागेको हो । जसअनुसार यसले प्रतिइकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको फन्ड जारी गर्नेछ ।

जारी गर्न लागेको १० करोड इकाई मध्ये बीज पुँजी वापत न्यूनतम १ करोड ५० लाख अर्थात् १५ प्रतिशत इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याएको छ ।

बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा सबै इकाई बिक्री नभएमा असार २ गतेसम्म खुला रहनेछ । एनआइसी एसिया फ्लेक्सी क्याप फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

यो ७ वर्षे बन्दमुखी म्युचुअल फन्ड योजना हो । यस म्युचुअल फन्ड योजनाको व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ ।