back
stc
prabhu insurance

अलफ्ट होटेलमा सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । अलफ्ट होटेलमा सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । सेञ्चुरी कमर्सियल बैंक र अलफ्ट होटेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाडौंका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन्।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट काठमाण्डौं, ठमेलको Nook, WXYZ र Re:Fuel १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

बैंकले १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।