वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्पmत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ ।
प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरोशेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।
वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन÷बन्द गर्न÷पासवर्ड रिसेट, मेरो शेयरकोरजिष्ट्रेशन /नविकरण/पासवर्ड रिसेट, सि. आर. एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता/पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन ।
यी सबै सेवाहरु बैंकको वेबसाइट मार्फत Smart Services वा https://
servicerequests.ctznbank.com/ मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ ।
आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (Kiosk), ई.के.वाई.सी..(E-KYC) तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।
साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक सहायता केन्द्र (Customer Support Centre को समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्त गर्न सक्नु हुनेछ ।
वि.सं.२०७९ असार १ १३:३०




















