सनराइज बैंकले दुई अर्बको ऋणपत्र जारी गर्दै
काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रति १००० रुपैयाँका अंकित मूल्यमा दुई अर्ब कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।
उक्त ऋणपत्र मध्य १ अर्ब २० करोड रकम बराबरको ऋणपत्र बैंकले विभिन्न संघ संस्था र ८० करोड रुपैयाँ बराबर रकम सर्बसाधरणमा जारी गर्ने बैैंकले जनाएको छ ।
ऋणपत्र निष्कासनका लागि विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको बैंकले जानकारी दिएको छ ।
वि.सं.२०७९ असार १२ १५:५०




















