बेसीशहरमा ज्योति विकास बैंकको नयाँ शाखा
काठमाडौं । ज्योति विकास बैंकले आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ।बैंकिङ पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।
बेसीशहर नगरपालिका वडा नं ८, लम्जुङ्गस्थित बेसीशहर शाखाको समुद्घाटन बेसीशहरनगर पालिकाका मेयर गुमानसिंह अर्याल र बैंकका संचालक नरेशराज आचार्यले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ ।
उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यूआर कोर्ड, निशुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता, निशुल्क मेरो शेयर रजिस्ट्रेशन, निशुल्क डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिंङ सेवा, निशुल्क इन्टरनेट बैंकिंङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जासेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।
वि.सं.२०७९ असार १२ १४:३८




















