back
prabhu insurance
himalayanlife

इसेवा मनी ट्रान्सफर र इन्टरनेशनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको युएई स्थित लुलु इन्टरनेशनल एक्सचेन्जवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धि सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता सँगै, युएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत यु।ए।ई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिनेछ ।

उनीहरुले युएइ भरी रहेका लुलुका ८४ वटा शाखा मध्ये कुनै पनि शाखामा गइ इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्ने छन् ।

यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप ९लुलु मनी० मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्ने छन् ।

लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेकोे इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ ।