back
prabhu insurance
himalayanlife

प्रभु बैंकका ग्राहकले मोको डिजिटल वालेट मार्फत भुक्तानी सेवा पाउने

काठमाडौं । प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्स् प्रालि।विच प्रभु बैंकका ग्राहकहरुलाई मोको डिजिटल वालेट मार्फत विद्यूतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौतामा प्रभु बैंक लि. को तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्स् प्रा.लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार भिषा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने प्रभु बैंकका ग्राहकहरुले फोकसवान पेमेन्ट सोलुसन्स् प्रा।लि। द्धारा प्रवद्र्धित मोको डिजिटल वालेटमा नेपाल ईलेक्टोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो भिषा डेबिट तथा क्रेडिट कार्ड लिङ्क गरी उक्त भिषा डेबिट तथा क्रेडिट कार्डबाट युटिलिटी विल तिर्न, वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न तथा मोवाईल टपअप लगायतका विद्यूतीय भुक्तानी सम्बन्धी सेवाहरु सजिलै उपभोग गर्न सक्ने भएका छन् ।

साथै, कार्डमा आधारित क्युआर कोडको माध्यम बाट पनि भुक्तानी गर्न सकिने ब्यबस्था रहेको बैंकले जनाएको छ ।

प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सविच सम्पन्न उक्त सम्झौता पश्चात् नेपालको बैंकिङ्ग क्षेत्रमा विद्यूतीय माध्यम मार्फत हुने भुक्तानीको दायरा फराकिलो हुने र प्रभु बैंकका भिषा कार्डबाहक ग्राहकहरुले यस सुविधा उपभोग गरी अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।