back
stc
prabhu insurance

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाद्धारा पदभार ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आज आषाढ १७ गते शुक्रवारदेखि आफ्नो कार्यभार सम्हानु भएको छ । नबिल बैंककोे २०७९ असार १६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गर्नुभएको थियो ।

यस बाहेक उहाँले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गर्नुभएको थियो ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (CA) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (CPA) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गर्नुभएका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघ (Management Association Nepal) द्वारा Manager To Watch र सन् २०१५ मा Manager of the Yearविधामा पुरस्कृत हुनुभएको थियो ।

कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन हुनुभएको थियो ।

उहाँको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ । यस नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।