back
prabhu insurance
himalayanlife

एभरेष्ट बैंकको ११७ औं शाखा बर्दियाको राजापुरमा

बर्दिया । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु उपलव्ध गराउनका लागि बर्दियाको राजापुरमा आफ्नो ११७ औं शाखा संचालनमा ल्याएको छ ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा राजापुर शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजापुर नगरपालिकावडा–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।

बैंकको हाल लाखौं ग्राहक संख्या रहेको छ । बैंकका हाल ११७शाखा, १५१ एटिएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।