back
stc
prabhu insurance

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन ।

यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।