back
stc
prabhu insurance

एनएमबि बैंकको ३ अर्ब ७० करोड नाफा कमाए

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको भन्दा ३६.५३ प्रतिशत ले धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले वितरणयोग्य नाफा पनि २.४७ प्रतिशत ले बढाएर २ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत र सञ्चालन नाफा ३६.४३ प्रतिशत ले बढेको छ । यसले गर्दा पनि नाफा बढेको देखिन्छ । असार मसान्तसम्म बैंकले निक्षेप संकलन १२.३७ प्रतिशत र १६.४१ प्रतिशत ले बढाउन सफल भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ३७ पैसाले बढेर २० रुपैयाँ १५ पैसा कायम भएको छ । एनएमबिको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ ।